११ चैत्र २०७९, शनिबार
 |   Sat Mar 25 2023
Logo

वडा अध्यक्ष सहित १० जुवाडे पक्राउ



बझाङ- जयपृथ्वी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सहित १० जना जुवाडे पक्राउ परेका छन । बुधबार बिहान ३ बजेतिर जयपृथ्वी नगरपालिका वडा ४ गोलाईवाट वडा अध्यक्ष सहित १० जना पक्राउ परेका हुन् ।

पक्राउ परेका वडा अध्यक्ष खाती नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गगन बहादुर खाती, कुम्भराज उपाध्याय, दिपक बहादुर वड, नरेन्द्रराज उपाध्याय, शेर बहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, रतनलाल रताला, उमेश राज जोशी, सन्तोष जोशी लाई विशेष सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा जुवा खालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए ।

जुवाखालबाट ७० हजार ७ सय ३० रुपैयाँ बरामद भएको र पक्राउ परेकाहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !