Monday, September 9, 2024

ट्रेन्डिङ :

दार्चुलामा आफैंले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

दार्चुला- दार्चुलामा आफैंले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका-५ घोडेभित्तामा ट्याक्टरमा च्यापिएर बुधबार राति दाङका ३२ वर्षीय प्रेम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

लटिनाथानबाट मकरीगाड हाइड्रो पावरमा सिमेन्ट लैजाने क्रममा उनलाई आफैंले चलाएको ट्याक्टरले च्यापेको थियो । ट्याक्टर रोकेर शौचका लागि सडक किनारमा गएका थापाको अचानक गुडेको ट्याक्टरले च्यापेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?