Friday, January 17, 2025

ट्रेन्डिङ :

कोरोना कहर : दाजु यता गए, भाई कतारमा बिते

spot_img
spot_img
spot_img

झापा– शिवसतासी नगरपालिका–२ का भट्टराई परिवारमा कोरोना कहरको बज्रपात खस्यो। चुडामणि भट्टराईका चार मध्ये जेठा छोरा ३८ वर्षीय दयाराम र कान्छा छोरा ३० वर्षीय योगेश्वरलाई चार महिनाको अन्तरालमा मृत्यु भयो।

दयारामको शुक्रबार यता बिराटनगरमा मृत्यु भयो। चार महिनाअघि योगेश्वरको कतारमा कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो।

कात्तिक १२ कोरोना पोजेटिभ देखिएका दयाराममा निमोनिया देखिएको र सोही कारण मृत्यु भएको अस्पतालले जनाएको छ। दमकमा व्यवसाय गर्दै आएका दयारामको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि १२ कात्तिकमा नोबेलमा भर्ना गरिएको थियो। सोही दिन उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

योगेश्वरको गत १२ असारमा वैदेशिक रोजगारीका क्रममा कतारमा मृत्यु भएको थियो। दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कतार पुगेका उनको कोरोना संक्रमणका कारण मृत्यु भएपछि कतारमै अन्त्येष्टि गरिएको थियो।

२७ असार ०७६ मा चुडामणिको निधन भएको थियो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?