१२ मंसिर २०७९, सोमबार
 |   Mon Nov 28 2022
Logo

सामाजिक अभियन्ता नरबहादुर कार्कीलाई कोरोना संक्रमणपछि प्रहरीद्वारा रिहा



काठमाडौँ – सामाजिक अभियन्ता एवम् राष्ट्रिय जागरण मञ्चका सचिव नरबहादुर कार्कीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि प्रहरीले रिहा गरेको खुलेको छ । गएको आइतबार दायर भएको बन्दी प्रत्यक्षिकरणको रिटमा सुनुवाई गर्दै २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित हुन सर्वोच्चले भने पनि दसैँका कारण त्यस्तो हुन सकेको थिएन ।

सो मुद्दाको शुक्रबार सुनुवाई हुने क्रममा प्रहरीले कार्कीलाई बिहीबार नै रिहा गरेको अदालतलाई जानकारी दिएको हो । कार्कीमा कोरोना भाइरसको संक्रमण देखिएपछि बिहीबार आवश्यक परेका बेला उपस्थित हुने गरी परिवारको जिम्मा लगाइएको काठमाडौँ प्रहरी परिषरका प्रवक्ता सोमेन्द्र सिंह राठौरले बताएका छन् ।

कात्तिक ६ गते २१ राजनीतिक संगठनद्वारा आयोजना गरिएको विरोध प्रदर्शनका क्रममा प्रहरीले कार्कीलाई गिरफ्तार गरेको थियो।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: