१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

आईपीएलः बैंग्लोरविरुद्ध टस जितेर बलिङ गर्दै हैदरावाद



इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबारको दोस्रो खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।

हैदरावादले बलिङ रोजेपछि बैंग्लोर पहिले ब्याटिङ गर्दैछ। खेल युएईको सारजँहामा हुँदैछ। जारी आईपीएलमा १२ खेलबाट १४ अंक जोडेको विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोर अंकतालिकाको दोस्रो स्थानमा छ भने १२ खेलबाट १० अंक जोडेको डेविड बार्नरको कप्तानीमा रहेको हैदरावाद साताैँ स्थानमा छ।

आजको खेलमा हार ब्यहोरेको खण्डमा हैदरावादको प्लेअफ पुग्ने सम्भावना सकिने छ। हैदरावादलाई बैंग्लोरले जिते प्लेअफ सुरक्षित हुनेछ। यदी आजको खेलमा पराजित भएपनि बैंग्लोरको प्लेअफ सम्भावना भने कायमै रहने छ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: