Saturday, January 18, 2025

ट्रेन्डिङ :

पूर्वराज्यमन्त्री खोभारी राय जुवाको खालबाट पक्राउ

spot_img
spot_img
spot_img

काठमाडौं- पूर्वराज्यमन्त्री खोभारी राय यादव जुवाको खालबाट स्वयम्भूबाट पक्राउ परेका छन्।

२०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राज्यमन्त्री रहेका रायसहित १० जनालाई शनिबार एक लाख ५३ हजार नगदसहित जुवाको खालबाट पक्राउ गरिएकाे हाे।

उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।

पूर्वराज्यमन्त्री यादवसहित १० जनालाई शनिबार महानगरीय प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए। रायको साथबाट ११ हजार नगद बरामद भएको छ।

रायसँगै भोजपुरका पर्वत भण्डारी, धादिङका सन्तोष लामा, काभ्रेका उत्तरकुमार लामा, सविन लामा, धर्मलाल तामाङ, जितपुर लामा, बिक्रम लामा, देबेन्द्र श्रेष्ठ र कान्छा तामाङ पनि पक्राउ परेका छन्। उनीहरुको साथबाट एक लाख ५३ हजार ५ सय रुपैयाँ बरामद भएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?