१० श्रावण २०८१, बिहीबार | Thu Jul 25 2024

Logo

दार्चुलामा हाम्रो नेपाल हामी नेपाली अभियानले एकल, अशक्त र अपाङ्गता भएकालाई गर्यो आर्थिक सहयोग



दार्चुला- हाम्रो नेपाल हामी नेपाली अभियानले दार्चुला जिल्लाको दुहु गाउँपालिकाको वडा न. १ पिपलाचौरीका एकल पुरुष, महिला र अपाङ्गता भएका १७ जनालाई जनही रु. १,५०० का हिसाबले आर्थिक सहयोग गरेको यस अभियानका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक नरेन्द्र सिंह धामीले यस सुप्रीम खबरलाई जानकारी दिएका छन् ।

धामीको नेतृत्वमा उक्त अभियानले दार्चुलामा एकल महिला, पुरुष र अपाङ्गता भएकाहरुको तथ्यांक संकलन गरिरहेको छ ।

उक्त अभियानले सामाजिक संजाल मार्फत सहयोगी हातहरुलाई सहयोग गर्न आह्वान गरेको र देश बिदेशमा रहनु हुने दाजु, भाई, दिदीबहिनी लगायतले आर्थिक सहयोग गरेको हुँदा यो पुण्य काम गर्न सकिएको जनाएको छ ।

यो सुरुवाती मात्रै काम भएको र तथ्यांक संकलन सबै तिरको भैरहेको हुँदा आगामी दिनमा अरु वडाहरु लगायत जिल्लाभरिका एकल महिला, पुरुष लगायत अपाङ्गता भएकाहरुलाई आर्थिक सहयोग गरि उनीहरुको लागि हामी छौ है जिन्दगीको सारथि भन्ने ढाडस दिन खोजिएको र उनीहरुको मुहार हँसिलो पार्न खोजिएको जिल्ला संयोजक धामीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !