११ चैत्र २०७९, शनिबार
 |   Sat Mar 25 2023
Logo

५० हजार घुस रकमसहित नेपाल प्रहरीका सई अख्तियारको फन्दामा



कञ्चनपुर- सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सिकन्दर प्रसाद कानुलाई ५० हजार घुससहित पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिई रहेको अवस्थामा पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उक्त घुस रकमसहित आईतबार नियन्त्रणमा लिएको जनाएको छ। साथै सोही प्रकरणमा संलग्न प्रहरी जवान रामईश्वर मण्डल र स्थानीय व्यापारी जयनारायण मण्डललाई पनि अख्तियारले पक्राउ गरेको छ।

उक्त रकमसहित तीनै जनालाई तिलाठी कोइलाडी गाउँपालिका(१, बेल्हीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !