११ चैत्र २०७९, शनिबार
 |   Sat Mar 25 2023
Logo

होम आइशोलेसनमा गाह्रो भएपछि कांग्रेस नेता कोइराला अस्पताल भर्ना



बिराटनगर– प्रदेश १ का विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालालाई बिराट टिचिङ अस्पतालमा भर्ना गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएपछि होम आइशोलेसनमा रहेका कोइरालाको स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना गरिएको परिवारले जनाएको छ ।

उनी १० दिनदेखि घरमा थिए तर स्वासप्रश्वासलगायतमा समस्या बढेपछि अस्पताल भर्ना गरिएको हो । उनको शरिर दुख्ने र ज्वरोमा पनि नियन्त्रण नदेखिएपछि अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !