१२ मंसिर २०७९, सोमबार
 |   Mon Nov 28 2022
Logo

भरतपुर अस्पतालमा २ जना संक्रमितको मृत्यु



चितवन- चितवनको भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुषमा यही कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य स्थिति गाह्रो भएपछि कोभिड आईसीयूमा राखेर उपचार सुरु गर्दा गर्दै आइतबार राति १ः२० बजे उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले बताए ।

यसैगरी भरतपुर अस्पतालमै उपचाररत धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको सोमबार बिहान २ः५५ बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि यही कात्तिक ५ गते उनी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कात्तिक ९ गते कोभिड आईसीयूमा राखी उपचार गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: