१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै



काठमाडौँ– कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको १४औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न सोमबार पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बोलाएको छ ।

बैठकमा गत असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौँ महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापति देउवालाई बुझाएको पत्रका बारेमा समेत छलफल हुने उनले बताए । पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेर सोहीअनुसार महाधिवेशनन तालिका सार्वजनिक गरे पनि कोरोना भाइरस सङ्क्रमणका कारण महाधिवेशन तालिका प्रभावित भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय