काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । राजभण्डारी बेल्जियमका लागि, अधिकारी पाकिस्तानका लागि र खड्का जर्मनीका लागि नेपाली राजदूत नियुक्त भएका हुन् ।
शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।