११ चैत्र २०७९, शनिबार
 |   Sat Mar 25 2023
Logo

नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधन



पोखरा- प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको पोखरास्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनि सुगर र प्रेसरको समस्याबाट गुज्रिरहेका थिए ।

कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका हुन् । नेपालकै प्रतिष्ठित उद्योगीका रुपमा चिनिएका केसी नेपाली चाउचाउ उद्योगका पायोनियर हुन् । हिमश्री फुड्सका अध्यक्ष केसीकै अगुवाइमा नेपालमै मात्र नभएर दक्षिण एसियामै पहिलो चाउचाउ उत्पादन सुरु भएको थियो ।

सुगर, प्रेसरको समस्या र चिसोको असरलेसमेत ६३ वर्षीय केसीको निधन भएको हुन सक्ने पारिवारिक स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !