२२ माघ २०७९, आईतवार
 |   Sun Feb 5 2023
Logo

राजतन्त्रको समर्थनमा बुटवलमा जनप्रदर्शन



बुटवल- अहिलेको राजनीतिक खिचातानी र जनताप्रति उत्तरदायी नभएका स्थानीय देखि केन्द्रीय सरकारहरुको चरम लापरवाहीको कारण र अर्काको गुलाम प्रबिर्तीका राजनीतिक पार्टीहरुका कारण जनतामा यो व्यवस्था प्रति नै बितिर्ष्ण पैदा हुँदा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा बुटवलमा ठूलो जनप्रदर्शन र र्‍याली निकालिएको छ ।

देश र श्रीपेचको रक्षाका लागि र्‍याली निकालिएको आयोजक बीर गोर्खाली अभियानले जनाएको छ । मणिग्रामबाट निस्किएको र्‍याली बुटवलको गोलपार्क परिक्रमा गरी ट्राफिकचोकमा आइ कोणसभामा परिणत भएको थियो । कोणसभामा कार्यक्रम संयोजक बसन्त विक्रम पाण्डेले राष्ट्रिय एकता र राष्ट्र बचाउन सडकमा निस्किएको बताए ।

यस क्रममा हिन्दु राष्ट्रको पुर्नस्थापना समेत माग गरिएको थियो । र उक्त अभियान देशव्यापी चलाइने बताइएको छ । कोणसभामा अभियानका रुपन्देही संयोजक प्रविन थापा, डिल्लीराज खनाल लगायतले बोल्दै राजसंस्था र हिन्दु राष्ट्रका लागि अभियानमा सहभागी हुन सबैलाई अपिल समेत गरे । मुलुकको निकासका लागि पुन राजसंस्थाको विकल्प नभएको उनीहरुको जिकिर छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय