काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३ हजार १४२ निको भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएका ११ हजार ११६ को पिसीआर परीक्षणमा ३११४ जनामा सङ्क्रमण पुष्टि भएको हो । देशभर हालसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ७९ हजार ६१४ पुगेको छ ।
अहिलेसम्म निको हुनेको सङ्ख्या एक लाख ४१ हजार १३४ रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ४७६ पुगेको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या १ हजार २७७ छ ।
त्यस्तै काठमाडौं उपत्यकामा १ हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० रहेको छ । यो संगै अहिले सम्म १ हजार भन्दा बेसीले कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाइसकेका छन् ।