Saturday, January 18, 2025

ट्रेन्डिङ :

नेपालको सीमा मिचेको समाचार हावादारी : चीन

spot_img
spot_img
spot_img

काठमाडौं : कात्तिक १८, चीनले हुम्लामा नेपालको सीमा मिचेको भन्ने समाचार हावादारी भएको दाबी गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मंगलबार आयोजित प्रेस ब्रिफिङमा हुम्लाको लिमी उपत्यकामा १ सय ५० हेक्टर जमिन मिचिएको भन्ने समाचार झूटा, तथ्यमा आधारित नभएका र हावादारी भएको बताएका हुन्।

गत महिना हुम्लाको नाम्खा गाउँपालिका-६ मा चीनले नेपाली भूमिमा भवन बनाएको र सीमा क्षेत्रको ११ नम्बर पिलर नै हराएको भन्ने समाचार आएका थिए। बेलायती पत्रिका टेलिग्राफले पनि यही विषयमा समाचार छापेपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जवाफ दिएका हुन्।

‘त्यो हावादारी कुरा हो। जसले यो समाचार लेखे उनीहरूले नै प्रमाण दिनुपर्छ,’ उनले भने,‘ समाचार छाप्नुअघि स्रोतसँग प्रमाणित गर्न म सुझाव दिन्छु। र म फेरि पनि तपाईंहरूलाई भन्छु सीमा मिचेको भन्ने समाचार सरासर झूटा हुन्। नेपालको परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासले पनि हुम्लामा नेपाली सीमा नमिचिएको र चीनले बनाएका संरचना उसैको क्षेत्रमा पर्ने बताइसकेका छन्। सुरूमा हराएको भनिएको ११ नम्बर पिलर पनि नेपाली अधिकारीहरूले पत्ता लगाएका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?