Thursday, December 5, 2024
spot_img

ट्रेन्डिङ :

वीर अस्पतालका १६ जना डाक्टरहरुले दिए राजीनामा

spot_img
spot_img

काठमाडौं : कात्तिक १९, प्रशासनसँग असन्तुष्टि जनाउदै वीर अस्पतालका १६ डाक्टरहरुले राजीनामा दिएका छन् । राजीनामा दिने डाक्टरहरु सबै इमरजेन्सी विभागका रहेका छन् । उनीहरुले पटक पटक आफ्ना माग राखेपनि पूरा नभएपछि राजीनामा दिन बाध्य भएको बताएका छन् ।

उनीहरुले आफनो माग रराख्दै गर्दा पनि धम्की दिँदै हप्तामा ९६ घण्टा काममा लगाएको समेत बताएका छन् । त्यस्तैगरी उनीहरुले राजीनामा पत्रमा अस्पतालले दसैंको भत्ता नदिएको, तलब दिँदा पाउनुपर्ने भन्दा कटौती गरेर कम दिएको उल्लेख छ । कोरोना महामारीका बीच काममा खटिँदा पनि हौसालाको साटो मनोबल नै मनोबल घटाउने काम अस्पतालले गरेको भन्दै उनीहरुले अस्पातलकला निर्देशक सामु राजीनामा बुझाएका हुन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?