१८ मंसिर २०७९, आईतवार
 |   Sun Dec 4 2022
Logo

उपसचिव र सहसचिवको दरखास्त स्थगन गर्ने लोक सेवा आयोगको निर्णय



काठमाडौं : कात्तिक १९, लोक सेवा आयोगले उपसचिव र सहसचिवको दरखास्त स्थगन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतबाट मंगलवार आयोगका नाममा जारी गरेका तीन वटा अल्पकालीन आदेशसँगै आयोगले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) तथा स्वास्थ्य सेवाका एघारौँ र नवौँ तहका बढुवा सूचना एवं आन्तरिक प्रतिस्पर्धा तथा खुल्ला सम्पूर्ण विज्ञापनहरूका लागि दरखास्त लिने कार्य स्थगन गरेको आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जनाएका छन् ।

अर्को सूचना प्रकाशन नभएसम्मका लागि आयोगले दरखास्त स्थगन गरेको हो । सामान्य प्रशासन मन्त्रालयले पद लुकाएर माग पठाएको भन्दै वरिष्ठ उपसचिव र अधिकृतहरुले छुट्टा छुट्टै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए । यससँगै सर्वोच्च अदालतले लोक सेवा आयोगसमेतका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: