१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

सुशीलको ‘सुनन’मा आकाश र उषाको जोडी ( भिडियो )



काठमाडौं- तिहारको कोशेली स्वरूप गायक सुशील श्रेष्ठ ‘जुजु’ले नयाँ म्युजिक भिडियो ‘सुनन’ सार्वजनिक गरेका छन्।

रोमाण्टिक भर्सनको यस गीतमा स्वर सुशील श्रेष्ठ ‘जुजु’ को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष तामाङको रहेको छ। यस गीतलाई स्वर्गीय आशिष तामाङले नै संगीतवद्द गरेका हुन्।

नगरकोट वरपर छायांकन गरिएको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोमा प्रकाश जिसीको समेत अभिनय देख्न सकिन्छ। भिडियोमा सुदिप बरालको कन्सेप्ट र छायांकन रहेको छ। टेकेन्द्र शाहले भिडियोलाई सम्पादन गरेका हुन्। काजी बहादुर श्रेष्ठ उत्पादक रहेको भिडियोलाई आचार्य गोपालको निर्देशनमा तयार पारिएको हो। गायक श्रेष्ठको अफिसिएल युट्युव च्यानल ‘ जुजु क्रियशन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

कोरोना कहरबीच निकै मिहिनेत साथ निर्माण गरिएको यस गीतको म्युजिक भिडियोलाई हेरेर साथ , सपोर्ट र माया गरिदिन निर्माण टिमले सम्पूर्ण संगीत प्रेमीहरुलाई आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: