
काठमाडौं- नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू, सुरेन्द्र पान्डे, सुजाता परियार, किरण यादव, मो. नसीर सिद्दिकी र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेमा कोरोना संक्रमण पुष्टि भएको छ। केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको ती नेताले बताए ।
संक्रमित ६ जना केन्द्रीय सदस्यहरु होम आइसोलेसनमा रहेको कांग्रेसले जनाएको छ ।
मंगलबार मात्रै कांग्रेसका केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार थप उपचारका लागि उनलाई वीरगञ्जबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।