
काठमाडौं कात्तिक २१, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता बडूले आफुलाई कोरोना संक्रमण पुष्टि भएको फेसबुक मार्फत जानकारी दिएका छन् । पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा जानु पूर्व स्वयं र सामूहिक स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट यही कार्तिक १६ गते ‘PCR’ परिक्षण गराउँदा कोभिड पोजिटिभ देखिएकोले सम्बन्धित निकायमा जानकारी गराई हाल म होम आइसोलेशनमा बसेको उनलेे जानकारी गराएका छन् । सम्पूर्ण दैनिक नित्यकर्म यथावत चलिरहेकै छन । आज सम्म स्वास्थ्यमा कुनै समस्या छैन र “भर्चुअल” माध्यमबाट आवश्यक ‘मीटिंग’हरु तथा जनसम्पर्क पनि पहिला जस्तै निरन्तर चलिरहेकै नेता बडुले जानकारी गराएका छन् ।