Thursday, February 6, 2025

ट्रेन्डिङ :

इग्लिस प्रिमियर लिगको शीर्षस्थानमा साउथ हेमटन

spot_img
spot_img
spot_img

एजेन्सी- न्यूक्यासललाई २–० ले पराजित गर्दै साउथ हेमटन इग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ । शनिबार बिहान सम्पन्न खेलमा साउथ हेमटनका लागि चि एडम्सले खेलको सातौं मिनेटमा पहिलो गरे । त्यसपछि खेलको अन्त्यतिर स्टुट आम्स्ट्रङले गोल गर्दै टिमका लागि जीत सुनिश्चित गरेका थिए । आम्स्ट्रङले ८२ औं मिनेटमा गोल गरेका थिए ।

जीतसँगै साउथ हेमटन शीर्ष स्थानमा पुगेको छ । उसले ८ खेलको समाप्तिमा ५ जीत १ बराबर र २ खेलमा पराजित हुँदै १६ अंक जोडेको छ । पछिल्ला तीन खेलमा उसले लगातार सतप्रतिशत नतिजा निकालेको छ ।

एक खेल कम खेलेको लिभरपुलको पनि १६ अंक नै छ । गोल अन्तरका कारण दोस्रो स्थानमा छ । लिभरपुलले पनि ५ खेलमा तीज, एकमा बराबरी र दुई खेलमा पराजित भएको छ । तेस्रो स्थानमा रहेको लेस्टर सिटीसँग १५ अंक छ । उसले पनि ७ खेलको समाप्तिमा पाँच खेल जितेको छ भने दुई खेलमा ऊ पराजित भएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?