
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म कोरोनाबाट १ हजार ८७ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै नेपालमा १७ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन्।
नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ। हाल देशभर कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। जसमध्ये ३५ हजार ४ सय ३५ जना सक्रिय संक्रमित छन्।