१२ मंसिर २०७९, सोमबार
 |   Mon Nov 28 2022
Logo

सानिमा इन्सुरेन्सद्धारा पीडितको घरमै गएर दाबी भुक्तानी बाफतको ३ लाख बढी रकम हस्तान्तरण



महेन्द्रनगर : कात्तिक २२, सानिमा लाईफ इन्सुरेन्सको महेन्द्रनगर शाखाले पीडितको दाबी भुक्तानी बाफतको रु ३ लाख १३ हजार ५ सय रुपैयाँ पीडितको घरमै पुगेर हस्तान्तरण गरेको छ । कञ्चनपुरको बेदकोट नगरपालिकाको वडा नम्बर ६ का बिसपती चौधरीका श्रीमान लालबहादुर चौधरीलाई दाबी भुत्तानी बाफतको सो रकम सानिमा लाईफ इन्सुरेन्स महेन्द्रनगरका कर्मचारीहरुले वडा सदस्य धनसिंह पुजाराको रहोबरमा हस्तान्तरण गरेका हुन् ।

दाबी भुक्तानी बाफतको रकम हस्तान्तरण गर्न महेन्द्रनगर शाखा प्रबन्धक रोशन भट्ट, एमओ गणेशराज जोशी, मदनराज जोशी, सीएसई नन्दराज बिष्ट, एएम बिरेन्द्रसिंह बोहोरा, गोपी सिंह साउद, लिलाराज ओझा, र तेजराज कलौनीलगायतको टोली पीडित चौधरीको घर पुगेको थिए । बिसुपति चौधरीको बिरामीका कारण मृत्यु भएको थियो । बिमा रकम जम्मा २०७६ असारबाट शुरु गरी दुई किस्ता बराबर ३९२५० रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: