१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

प्रधानमन्त्री ओलीले जो बाइडनलाई दिए बधाई



काठमाडौं : कात्तिक २३, प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडनलाई हार्दिक बधाई ज्ञापन गरेकाछन् । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत नवनियुक्त राष्ट्रपति बाइडनलाई बधाई ज्ञापन गरेका हुन् । नवनियुक्त राष्ट्रपति बाइडनसँगै कमला ह्यारिसलाई पनि प्रधानमन्त्री ओलीले बधाई दिएकाछन् । कमला ह्यारिस अमेरिकी इतिहाँसकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति हुन् ।

हार्दिक बधाई तपाईँहरूको प्रभावशाली र ऐतिहासिक जीतमा । म हाम्रा दुई देशहरूबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु, बाइडन र ह्यारिसलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले टुईटरमा लेखेकाछन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: