२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

बालुवाटारमा नेपालसहित ५ नेताहरुलाई ओलीको प्रस्ताव : जबज मान्ने पूर्वएमालेहरु एकजुट होऔँ !



काठमाडौं : कात्तिक २३, प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित पूर्वएमालेका ४ जना नेतासँग बालुवाटारमा छलफल गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेता नेपाल, स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग छलफल गरेका हुन् । भेटमा ओलीले पूर्व एमालेहरुएक ठाउँमा आउनु पर्ने बेला आएको बताएका थिए । ओलीले पार्टीको भावी कार्यदिशा जनताको बहुदलीय जनवाद मान्ने पूर्वएमाले समुह एक ठाउँमा उभिनु पर्ने प्रस्ताव राखेको सत्तारुढ नेकपाको उच्च स्रोतका दाबी छ ।

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित सचिवालय समितिका ५ जना सदस्यले बैठक बोलाउन शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र दिएका थिए । शनिबार नेता नेपालले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए। यसअघि कात्तिक ५ र ११ मा पनि अध्यक्ष ओलीले नेता नेपालसँग भेटवार्ता गर्दै सहकार्यका लागि आग्रह गरेका थिए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: