Saturday, February 15, 2025

ट्रेन्डिङ :

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई संसदीय समितिको निर्देशन

spot_img
spot_img
spot_img

काठमाडौं : कात्तिक २४, संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा ‘नेपाल’मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो । तर, बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताएका थिए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभइ अवलम्बन गरेको राज्य प्रणाली भएकाले सरकारले नाम बारे मात्र निर्णय गरेको जिकिर गरे ।

मंसिर ११ गतेको मन्त्रिपरिषद् बैठकले देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा नेपालमात्र लेख्ने निर्णय गरेको थियो, भने कानुन मन्त्रालयले देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्रको ठाउँमा नेपाल मात्र लेख्न मातहतका निकायहरुलाई निर्देशन दिएको थियो । गणतन्त्रप्रति अनिच्छुक रहेका ठानिएका प्रधानमन्त्री ओलीलाई संसदीय समितिको निर्देशनले झट्का लागेको राजनीतिक वृतमा चर्चा हुन थालेको छ । मन्त्रीले स्पष्टीकरण दिइसकेपछि पनि समितिले सरकारलाई निर्देशन दिएको भन्दै समितिमा रहेका सत्तारुढ दल नेकपाका केही सांसदले भने फरक मत राखेका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?