७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

उदयपुरको रौतामाई गाउँपालिकामा भ्रष्टाचारको सघन जालो, युवाहरुले गरे पत्रकार सम्मेलन



बेल्टार/उदयपुर : कात्तिक २४, उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै युवाहरुले पत्रकार सम्मेलन गरेका छन् । पालिकाले विभिन्न शीर्षकहरुमा व्यापक अनिमियता गरको भन्दै सोमबार गाईघाट स्थित ड्रिमल्याण्ड होटलमा “भ्रष्टाचार विरुद्ध नागरिक अभियान उदयपुर” नामक स्थानीय युवाहरुको एक समूहले पत्रकार सम्मेलन गरेका हुन् । गत आर्थिक वर्ष र चालु आवमा भएका र भइरहेको भ्रष्टाचारको विषयमा १० दिन भित्रमा सत्यतथ्य छानविन समिति गठन गर्न र उठेका विषयहरुमा वृहत्तरुपमा छलफल गरी सार्वजानिक सुनुवाई गर्न समेत सचेत स्थानीय युवाहरुले जोड्दार माग गरेका छन् ।

आयोजित पत्रकार सम्मेलनमा १३ वटा बुँदागतरुपमा अनिमियता भएको आरोप लगाउँदै सजिलैसंगले पञ्छिन्न नपाईने उनीहरुको जिकिर थियो । ६ महिना पुग्ने औषधी मौजाद हुँदाहुँदै अपादर्शी ढंगले औषधी खरिद गरिएको, खरिद ऐनको पालना नगरिएको, मापदण्ड विपरित वडा नंं ५ स्थित राँकुली खोलामा ढुंगा उत्खनन् गरिएपनि निर्माणाधीन फुलमा प्रयोग नगरी अन्यत्र प्रयोग गरिएको, वडा नं. ६ स्थित १ करोड २० लाखमा निर्माणाधीन अतिथि गृहको गलत तरिकाले निर्माण गरिएको भन्दै उनीहरुले एक विज्ञपप्ति जारी गरेकाछन् । त्यस्तै नागरिकले भोगचलन गर्न छाडेका जग्गाजमिनको मूल्यांकण गरी बढी कर असुल गर्ने गरेको, कोरोना महामारीको अवस्थामा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको साटो ३ महिनाको तलबभत्ता कट्टी गरेको, लौठ सल्ला नरोपी नै ५ लाख निकासा गरिएको उनीहरुको आरोप छ ।’

पालिकाले सोधिखोजी गर्ने कोही छैन भन्ने उदेश्यले विभिन्न योजनाको शिर्षक बनाएर जताततै अनियमिता गरेको युवाहरुको भनाई छ । त्यसैगरी वाँदर छेक्ने झार ल्याउँने बहानामा कामै नलाग्ने सुकेको झार नागरिकलाई वितरण गरी ५ लाख रुपैया निकासा गरेको, पालिकाभर निर्माण गरिएको सरकारी भवनहरुमा व्यापक प्राविधिक त्रुटिभई निर्माणको केही दिनबाटै चुहिन थालको, ड्रोनबाट खिचिएको पालिकाको तस्वितरलाई पालिकाको (डिपिआर) तयार भयो भन्दै नागरिकलाई छलछाम ढाट्दै राज्यको सम्पत्ति दुरुपयोग गरेको, राज्यको नियम, ऐनलाई वेवास्ता गर्दै नियम विपरीत खोला तथा नदीजन्य पदार्थहरुको व्यपक दोहन गरिएको, जनप्रतिनिधी र कर्मचारीको आफ्नो नजिकका आसेपासेलाई मात्र पालिकाको करार कर्मचारीमा नियुक्त गर्ने गरेको, प्रधानमन्त्री कृषि आधुनिकिकरणमा परियोजनामा वृहत्त अनियमिता भएको र कोरोना नियन्त्रणको बाहनाबाजी गर्दै २७ लाख खर्च भएको तर, ५७ लाख खर्च भएको देखाए पनि काम भने पार्दर्शी नभएको युवाहरुले आरोप लगाएका छन् ।

पालिकाको पूर्वप्रमुख प्रशासकीय अधिकृत विदामा बसेको समयमा माधव खतिवडालाई निमित्त दिएको समयमा बढी अनिमियता भएको स्थानीय सुजन दाहालले बताए । पालिकामा वास्तविक कृषकले पाउँनु पर्ने अनुदानहरु शिक्षक पेशामा रहेकाहरुका श्रीमान श्रीमतिलाई दिने गरिएको प्रलाद खत्रीले बताए । पालिकाको पाईलैपिच्छे भ्रष्टचार भएको शिव राईले बताए । विशेषगरी जनप्रतिनिधी र कर्मचारीको मिलेपतोमै व्यापकरुपमा भ्रष्टाचार भईरहेको उनीहरुको दावी रहेको छ । नितिगतरुपमै पालिकामा भ्रष्टाचारहरु भईरहेकोले यसको तथ्यगत प्रमाण आधारहरुसंगै नियमनकारी संस्थाहरु अख्तियार, सर्तकता केन्द्र लगायतको निकायमासमेत जाने सुरेन राइले बताए ।

अहिले पनि सो क्षेत्रको ३,४, ५ र ६ नं. वडाका स्थानीयवासीलाई चितुवाले आक्रमण गर्ने गरेको तर पालिकाले विशेष चासो नदिएको उनीहरुको गुनासो व्यक्त गरेका छन् । कुनै पनि राजनीतिक पूर्वाग्राहीढंगले हामीले यो पत्रकार सम्मेलन गरेका छैनौ, यो समग्रह पालिकाको विसुद्ध सचेत नागरिकहरुको समूहले उठाएको आवाज हो र प्रत्येक नागरिकको चासो र वुझ्न पाउँने अधिकारलाई उजागर गर्न खोजिएको सबैको हितको लागि गरिएको भ्रष्टचार मुक्त समाजको निर्माण गर्न यो एउटा अभियान मात्र भएको सुरेन चाम्लिङ राइले बताए ।


प्रतिक्रिया दिनुहोस !