७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

Logo

सत्तारुढ पार्टीमा विवाद चर्किएको बेला सरकारविरुद्ध सडक संघर्षको तयारीमा राप्रपा



काठमाडौं : कात्तिक २५, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी भित्र विवाद चर्किएको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध सडक संघर्षको तयारी गरेको छ । स्वास्थ्य संकटको समयमा सरकारको असफलता, बढ्दो भ्रष्टाचार, ओझेलमा परेका जनसरोकारको मुद्दालाई प्राथमिकता बनाएर राप्रपाले सडक संघर्ष गर्ने जानकारी दिएको छ ।

राप्रपा अध्यक्षहरु कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले मंगलबार बैठक गरी विरोध कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरेका हुन् । अध्यक्ष लोहनीकाअनुसार तिहारपछि पुनः बैठक बसेर संघर्षको कार्यक्रमलाई मूर्तरुप दिने निर्णय भएको छ । मंगलबारको बैठकमा ७७ जिल्ला तथा सबै स्थानीय तहमा पार्टी समायोजनालाई तीव्रता दिने विषयमा समेत छलफल भएको अध्यक्ष लोहनीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !