Saturday, February 8, 2025

ट्रेन्डिङ :

कंलकीमा कुखुरा बाेक्ने ट्रकले राेकिएको ट्रकलाई ठक्कर दिँदा ३ जनाकाे मृत्यु

spot_img
spot_img
spot_img

काठमाडौं : कात्तिक २७, कंलकी मकालु पेट्राेल पम्पमा कुखुरा बाेक्ने ट्रकले राेकिराखेकाे ट्रकलाई ठक्कर दिँदा  ३ जनाकाे मृत्यु भएकाे छ । मकालु पेट्रोल पम्पअगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नं को ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने ट्रकले ठक्कर दिदा साेही कुखुरा बाेक्ने गाडीमा सवार तीन जनाकाे मृत्यु भएकाे हाे ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बाेहाेराले घाईते ४ जनामध्ये ३ जनाको मृत्यु भएको र १ जनाकाे अवस्था सामान्य रहेको जानकारी दिए ।

डिएसपी अपिलराजका अनुसार मृत्यु हुनेमा नुवाकोटकाे सुन्दरदेवी गा.पा. घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोट तारकेश्वर गा.पा. घर भएका ३७ वर्षका माधव घिमिरे, नुवाकोटकै तारकेश्वर गा.पा. का भुवेन्द्र तामाङ रहेका छन् ।

घाईते नुवाकोट तारकेश्वर घर भएका वर्ष २२ का विजय तामाङ रहेकाे र उनकाे उपचार भईरहेकाे प्रहरीले जनाएको छ । दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे कालिमाटी बृत्तले जानकारी दिएकाे छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?