काठमाडौं : कात्तिक २७, विश्व समुदायले आशा गरेको रुसमा निर्मित स्पुतनिक फाइभ नामक कोरोना भाइरसको भ्याक्सिनले ९२ प्रतिशत प्रभावकारिता देखाएको छ । रुसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षण गर्दै यो तथ्य सार्वजनिक गरेको हो ।
विश्वभरी कोरोना महामारी फैलिएपछि विश्वका शक्ति सम्पन्न मुलुकहरुले भ्याक्सीन निर्माणमा होडबाजी गरिरहेका छन् । होडबाजीमा रुस अगाडि रहेको छ । उसले निर्माण गरेको भ्याक्सीन २ पटक प्रयोग गरेका ९२ प्रतिशत मानिसमा कोरोना संक्रमणको जोखिम नरहेको भ्याक्सीन बिकासमा भूमिका खेलिरहेको रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले जनाएको छ ।
उसले २ दिन अघि मात्रै सो भ्याक्सीनले ९० प्रतिशत काम गरेको भनेर सबैभन्दा पहिला घोषणा गरेको थियो । उसले बुधबार भ्याक्सीनको विवरणसमेत सार्वजनिक गरेको छ । विरणमा उसले १६ हजार मानिसमा दिइएको भ्याक्सीनले त्यसको ९२ प्रतिशत मानिसमा कोरोना संक्रमाणको संभावना नभएको उल्लेख गरेको छ ।
यो तेस्रो चरणको परीक्षण हो । रुस सरकारले सो भ्याक्सीन निर्माणका लागि गएको अगष्टमै स्वीकृती दिएको थियो । हालको प्रभावकारिताको दावी तथ्यमा आधारित रहेर फन्डका प्रमुख किरिल डिमिट्रिएभले जिकिर गरेका छन् ।