१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

नेपालको डिजिटल प्रक्रियामा चिनियाँ सहयोग



हालै चिनियाँ कम्पनी अलिबाबाले नेपालमा लगानी गर्ने समाचारले नेपाली संचारमाध्यम आकर्षित भएको देखिन्छ। वर्तमान विश्वमा डिजिटल संक्रमण भइरहेको पृष्ठभूमिमा बेल्ट एण्ड रोड प्रस्ताव सम्बद्ध मुलुकहरूबीच डिजिटल विभाजन स्पष्ट देखिन्छ। शाङहाई सामाजिक प्रतिष्ठानका डाक्टर चाङ पाइछाउ र शन खाइयानले गरेको सर्भेक्षण बमोजिम, नेपाल, पाकिस्तान र भारतमा डिजिटल अर्थतन्त्रको विकासका आधारमा आ-आफ्नो विशेतायुक्त बाधा/संयम देखापरेका छन्।

बीआरआई प्रस्तावक चीन डिजिटल अर्थतन्त्रतिर द्रुत गतिले मोडिइरहेको छ। चीनको इ-कर्मस, डिजिटल उपभोग्य विश्वमा अग्रसर स्थानमा रहिरहेको छ र डिजिटल बीआरआईको विकासको लागि राम्रो जग बसालिएको छ। डिजिटल विकास क्षेत्रमा चीनको क्षमता तथा भविष्य देखेर एशिया-प्रशान्त क्लाउड गणना बजारमा प्रथम, विश्वको क्लाउड बजारमा तेस्रो स्थानमा रहेको चिनियाँ कम्पनी अलिबाबाले नेपालमा लगानी गर्ने समाचार लोकप्रिय भएको छ।

बीआरआईको एक महत्वपूर्ण भाग ‘डिजिटल रेशम मार्ग’बाट सम्बद्ध मुलुक बीचको सम्पर्क तथा जोड गरेर आपसमा रहेको डिजिटल विभाजनलाई साँघुरो पारिरहेको छ। बितेका केही वर्षयता, चीनले डिजिटल रेशम मार्गको निर्माणलाई अघि बढाउँदै उच्च गुणस्तरिय विकास गरिरहेको छ। चीन जन विश्वविद्यालय अन्तर्गत मौद्रिक अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता लीउ युशुले जानकारी दिए अनुसार, सूचनात्मक पूर्वाधार, इ-कर्मस तथा स्मार्ट शहरहरू नै चीनको डिजिटल रेशम सडकका मुख्य विषय हुन्। ती विषयहरू नै नेपालको राष्ट्रिय रणनीति ‘डिजिटल नेपाल’ योजनासँग मेल खाएको देखिन्छ।

‘डिजिटल नेपाल’ योजनाको एक महत्वपूर्ण भाग डिजिटल अर्थतन्त्रको विकास हो। सन् २०१९को नोभेम्बरमा चीनको शाङहाईमा आयोजित दोस्रो चीन आयात एक्स्पोको अवधिमा नेपाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनको च्याङसु प्रान्तीय नानचिङ र हनान प्रान्तसँग सिमापार ई-कर्मस समझदारी पत्रमा हस्ताक्षर गर्यो। बढी भन्दा बढी चिनियाँ लगानीकर्ता तथा पर्यटकहरू विदेश जाने इच्छा बढ्दै जाने क्रममा ‘डिजिटल रेशम सडक’ले भुक्तानी क्षेत्रमा पनि भूमिका निर्वाह गरिरहेको छ। सन् २०२०को फेब्रुअरीमा नेपालले बल्ल चीनमा २ वटा अनलाइन भुक्तानी प्रणाली (पे-पाल र वीच्याट)लाई नेपालमा संचालन हुने अनुमति दिएको छ। ती तथ्यबाट के प्रष्ट्याइएको छ भने सीमापार ई-कर्मस लगायत मौद्रिक सेवा क्षेत्रमा चीन र नेपालबीचको डिजिटल सहयोग भरखर शुरू भएको छ र भावी सहयोग फराकिलो हुने र ठूलो निहित शक्तिको सम्भावना छ। भविष्यमा नेपालले अझ बढी चिनियाँ पर्यटक तथा लगानीकर्ता नेपालमा लगानी लगाउन आकर्षित गरेमा ‘डिजिटल रेशम मार्ग’ इ-कर्मस क्षेत्रमा टेवा दिने महत्वपूर्ण भूमिका निर्वाह गर्दै जाने छ।

यसबाहेक, डिजिटल चिकित्सा पनि डिजिटल विकासको अर्को महत्वपूर्ण क्षेत्र हो। कोभिड-१९ महामारी विश्वमा फैलिरहेको समस्याको सामना गर्दा बीआरआई प्रस्ताव अन्तर्गतको ‘स्वास्थ्य रेशम मार्ग’ले अग्रसर चिनियाँ डिजिटल प्रविधिको भरमा परी विश्वव्यापी समस्याको समाधान गर्ने चिनियाँ तरिका प्रदान गरेको छ। गत जुलाई २७ तारिख चीन, नेपाल, पाकिस्तान तथा अफगानिस्तान चार मुलुकले महामारी प्रतिरोधी भिडियो बैठकको आयोजना गरेर अग्रसर डिजिटल प्रविधिबाट जोडिने स्वास्थ्य नेटवर्क खडा गरेका छन् जसबाट महामारी प्रतिरोधमा महत्वपूर्ण भूमिका निर्वाह गरिएको छ।

वास्तवमा नेपालको डिजिटल अर्थतन्त्रको निर्माण, स्वास्थ्य चिकित्साको डिजिटल प्रक्रियामा योगदान गरेको साथै चीनको डिजिटल क्षमताले नेपालको पुरातात्विक वस्तुको संरक्षण क्षेत्रमा पनि सहयोग दिएको छ। सन् २०१५मा नेपालमा गएको ८.१ रेक्टर स्केलको विनाशकारी भूकम्पबाट ९ तलाको हनुमान ढोका दरबार गम्भीर रूपमा ध्वस्त पारिएको थियो। चिनियाँ टोलीले त्यसको लागि डिजिटल फाइल राखेर डिजिटल प्रविधिबाट पूरातात्विक भवनको जिर्णोद्धार प्रक्रियाको रेकर्ड राखेको छ। जसबाट परम्परागत नेपाली कलाको जैविक इतिहास धानिएको छ।

विभिन्न मुलुक बीच रहेको डिजिटल विभाजनलाई सानो पार्ने, अर्थतन्त्रको लागि नयाँ वृद्धि मौकाको सिर्जना गर्ने, चीन तथा नेपालका सर्वसाधारण लगायत विश्वका विभिन्न मुलुकका जनताको जीवन स्तर उकास्ने क्रममा चीन प्रयासरत भइरहेको छ र हुँदै जाने छ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: