९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

Logo

देशभर १९१३ जनामा कोरोना संक्रमण पुष्टि, २३४९ डिस्चार्ज भए



काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ भने कुल संक्रमितको संख्या २ लाख ४ हजार दुई सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २३४९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । यो संख्यासँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११८९ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !