
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १५ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार एक सय ८९ पुगेको छ ।
यसअघि बुधबार २६ र मंगलबार २२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।