१० श्रावण २०८१, बिहीबार | Thu Jul 25 2024

Logo

सत्तारुढ पार्टीमा बदलियो गुटगत समिकरण, पूर्वएमालेको बैठकमा बादल पनि सहभागी



काठमाडौं : कात्तिक २८, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएपछि अहिले प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ नेताहरुको अनौपचारिक बैठक चलिरहेको छ । सचिवालय बैठक सकिएलगत्तै बैठकमा पूर्वएमालेका नेताहरु ओलीसहित बरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल, नेताहरु वामदेव गौतम, ईश्वर पोखरेल र पूर्वमाओवादीका रामबहादुर थापा ‘बादल’ बैठकमा सहभागी छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सचिवालय बैठक सकिएलगत्तै बाहिरिएका छन् । वामदेव गौतमलाई ओलीले उपप्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि वामदेवले प्रचण्ड गुट छोडेको हुन सक्ने सत्तारुढ नेकपाका कतिपय नेताहरुको आशंका रहेको छ ।

गौतम निक्कै अस्थिर पात्रका रुपमा चिनिन्छन् । लामो समयदेखि ओलीबाट पीडित रहेका गौतमले संकटको बेला ओलीललाई साथ दिएर उद्धार गर्दै आएका छन् । त्यस्तै ओलीले नेपाललाई पनि आफ्नो गुटमा आउन पटक पटक आग्रह गरिरहेका छन् । आफ्नो गुट पार्टीभित्र संकटमा परेपछि ओलीले पूर्वएमाले गुट व्यूताउनका लागि नेपाल समुहसँग पटकपटक आग्रह गरिरहेका छन् । उनले बेलाबेलामा जबज पक्षधरहरु एकठाउँमा आउनु पर्ने बताईरहेका छन् । त्यस्तै बादलले पनिप्रचण्डको साथ छोडेको सत्तारुढ नेकपा भित्रचर्चाको बिषय बनेको छ । आजै सचिवालयको बैठक सकिएपछि बालुवाटारमा ओली, नेपाल समुह, गौतम समुह र बादलको अनौपचारिक बैठकले सत्तारुढ पार्टी भित्रको गुटगत समिकरण बदल्न सक्ने आशंका गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !