१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

पछिल्लो २४ घण्टामा २१११ जना कोरोनामा संक्रमण, ३५३७ संक्रमणमुक्त



काठमाडौं : कात्तिक २८, कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २१११ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जना संक्रमित थपिएका हुन् । भने ३ हजार ५ सय ३७ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ५ सय ३७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख ६८ हजार १ सय २९ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३७ हजार २२ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ९ सय ८६ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १५ लाख ९३ हजार ८ सय ५० जनाको पीसीआर परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय २ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: