११ चैत्र २०७९, शनिबार
 |   Sat Mar 25 2023
Logo

प्रचण्डको राजनीतिक प्रतिवेदन औपचारिक फुटको सुरुवात, ओलीको काउन्टर प्रतिवेदन ल्याउने तयारी



काठमाडौं : कात्तिक २९, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा औपचारिक विभाजनको शुरुवात भएको छ । कात्तिक २८ गते बसेको पार्टी सचिवालयको बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि पार्टी फुटको प्रक्रियाले औपचारिक शुरुवात गरेको सत्तारुढ नेकपाका एक नेताले जानकारी दिए । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले हिजो एकलौटी रुपमा सचिवालयको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि पार्टी विभाजनको औपचारिक शुरुवात भएको सत्तारुढ नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

ओली समुह तथा पूर्वएमालेमा बहुदलीय जनताको जनवादका पक्षमा खरो रुपमा उभिने नेताका रुपमा चिनिएका पोखरेलले प्रचण्डलाई हिजोको राजनीतिक प्रतिवेदन फिर्ता लिएर सहमतिमा नयाँ प्रतिवेदन ल्याउन आग्रहसमेत गरेका छन् । उनले लेखेका छन्, कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु । व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ । अध्यक्षहरु व्यक्तिगत विचार राख्न स्वतन्त्र छन् । तर औपचारिक प्रस्ताव प्रस्तुत गर्दा दुवै अध्यक्षको सहमती हुने व्यवस्था पार्टी विधान र स्थायी समितिको पछिल्लो निर्णयमा समेत उल्लेख छ । गंभीर विवादका वेलामा यस्ता विषयमा झनै संवेदनशील वन्न सक्नु पर्दछ पोखरेलले आग्रह गरेका छन् ।

काउन्टर प्रतिवेदनल्याउने ओलीको तयारी !

त्यस्तै प्रचण्डले पटक पटक ओलीलाई केन्द्रीय समितिको बैठक बोलाउन आग्रह गर्नुको पछाडी केन्द्रीय समितिमै राजनीतिक प्रतिवेदन पेश गरेर पार्टी फुटलाई औपचारिकता दिने मनसाय रहेको सत्तारुढ नेकपाका ओली समुहका नेताहरु बताउँछन् । कमरेड प्रचण्डले पटक पटक कमरेड ओलीसँग केन्द्रीय समितिको बैठक बोउन आग्रह गरे । तर अध्यक्ष ओलीले उहाँको कुरालाई टेर पुच्छर लगाउनु भएन । प्रचण्ड र नेपाल कमरेडको अड्डीपछि पार्टीको विवाद सामाधान गर्न ओली कमरेड सचिवालय बैठक बोलाउन तयार हुनु भयो तर अनपेक्षित रुपमा राजनीतिक प्रतिवेदन पेश गर्नु भयो । जसमा अध्यक्ष कमरेड ओलीलाई सगिनआरोप लगाउनु बाहेककेही पनि राजनीतिक योजनाहरु छैनन् । यसले नेकपालाई फुटाउने प्रचण्डको खराब नियत खुलस्त पारेको छ ।

मंसिर ३ गते बस्ने बैठकमा कमरेड ओलीले पनि अर्को प्रतिवेदन पेश गर्नु पर्छ । एकतर्फी आरोपको काउन्टर गर्नु जरुरी छ ती नेताले भने । कम्तिमा दुई अध्यक्षको सहमतिमा राजनीतिक प्रतिवेदन पेश गर्नु पथ्र्यो । यहाँ पार्टी पद्धति छ । जिम्मेवार नेताहरु हुनुहुन्छ । उहाँले एकल ढंगले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । त्यो खराब नियतले आएको हो । खराब नियतको हामी पार्टीका सचेत कार्यकर्ताहरुले भण्डाफोर गरेर प्रचण्डलाई सच्चिन आग्रह गर्नु पर्छ । तर उहाँको राजनीतिक प्रतिवेदनले पार्टीमा आफ्नो एकल उपस्थितिको अपेक्षा गरेको छ । जुन अर्का अध्यक्ष ओलीलाई बाईपास गर्न खोजिएको हो भन्ने स्पष्ट छ । तसर्थ कमरेड ओलीले पनि काउन्टर राजनीतिक प्रतिवेदन ल्याएर प्रचण्डको एकांगी, मनोगत र आत्मकेन्द्रीत व्याक्तिवादी प्रवृति र कुण्ठाको भण्डाफोर गर्नु पर्छ ती नेताले भने ।


प्रतिक्रिया दिनुहोस !