२२ माघ २०७९, आईतवार
 |   Sun Feb 5 2023
Logo

आज देशभर १९४६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाकाे मृत्यु



काठमाडौँ–नेपालमा पछिल्लो २४ घण्टामा १९४६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०५३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ।

पछिल्लाे चाैबिस घण्टामा कोरोनाबाट थप १३ जनाको ज्यान गएको छ। यससँगै हालसम्म देशभर १२१५ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय