Monday, October 7, 2024

ट्रेन्डिङ :

ओली संकटमा परेपछि राष्ट्रपति भण्डारीको सक्रियता बढ्यो, प्रधानमन्त्रीसँग शीतल निवासमा भेटघाट

काठमाडौं : कात्तिक २९, सत्तारुढ नेकपाामा ओली समुह संकटमा परेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः सक्रियता देखाएकि छिन् । प्रचण्ड, माधब नेपाल, झलनाथ खनाल, वामदेव गौतम र राबहादुर थापा बादललगायतका नेताहरुले ओली बिरुद्ध कडाकदम चालेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको बढेको सक्रियतालाई निक्कै महत्वका साथ हेरिएको छ । सचिवालय बैठकमा ओली बिरुद्ध प्रचण्डलगायतका नेताहरु खनिएपछि संकटमा परेका ओली आज साँझ राष्ट्रपति भण्डारीलाई भेटन शीतल निवास पुगेका छन् ।

यसअघि पनि राष्ट्रपति भण्डारीले अध्यक्ष ओली निकट नेताहरुसँग छलफल गरेको शीतल निवास स्रोतले बताएको छ । तर कुन कुन नेताहरुसंग राष्ट्रपति भण्डारीले भेट गर्नु भएको हो भन्ने बारेमा केही खुलाईएको छैन । भण्डारीले पछिल्लो दुई दिनमा दर्जन बढी नेताहरुलाई भेटिसकेको शीतल निवास स्रोतको दाबी छ । यसअघि, शुक्रबारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीमाथि गम्भीर आरोप लगाएपछि सत्तारुढ नेकपाभित्रको कलह चरम उत्कर्षमा पुगेको छ ।

दुबै अध्यक्षले आफ्ना निकट नेता एवं कार्यकर्तासँग छलफल गर्दै कुनै पनि परिस्थितिका लागि तयार रहन निर्देशन दिँदै आएको अवस्थामा यो भेट भएको हो । राष्ट्रको अभिभावक रहनु पर्ने राष्ट्रपति आफ्नो पूर्व पार्टी नेकपा भित्रको आन्तरिक विवादमा प्रवेश गरेर विगतदेखि आलोचित हुँदै आएकी छिन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?