काठमाडौं : कात्तिक ३०, अमेरिकामा कोरोना संक्रमण झन् भयावह बन्दै गएको छ । शुक्रबार र शनिबारबीच अमेरिकामा एक लाख ७७ हजार संक्रमित भेटिएका छन् । अमेरिकामा राष्ट्रपति पदका बिजेता जो बाइडेन पनि आफ्नो देशमा कोरोना नियन्त्रणका लागि सक्रिय भएका छन् । शनिबार उनले आफ्नो कोरोना टास्क फोर्ससँग छलफल गरेका थिए । अमेरिकी अस्पतालमा एकपटक पुनः बिरामीको संख्या बढ्न थालेको छ । ओरेगन र मिशिगनमा संक्रमण निकै तीब्र गतिमा फैलिरहेको छ । यसलाई मध्यनजर गर्दै केही प्रतिबन्ध पनि लगाइएको छ । अमेरिकामा १० राजयमा संक्रमणको खतरा अत्यधिक छ । उता दक्षिण कोरियामा पनि संक्रमणको तेस्रो लहर देखिएको छ ।