१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

बालगोपालेश्वर मन्दिर भाइटीकाका दिन खुल्ने



काठमाडौँ– काठमाडौं रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर यसवर्षको भाइटीकाका दिन खुल्ने भएको छ। भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले जानकारी दिए।

२०७२ साल वैशाख १२ गते गएको बिनासकारी भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि पहिलोपटक खुल्न लागेको हो।

भाइटीकाका दिनमा मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन्न भएसँगै पहिलोपटक बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शनको व्यवस्था गरिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय