११ चैत्र २०७९, शनिबार
 |   Sat Mar 25 2023
Logo

ओलीले नेपाललाई भने, ‘अब प्रचण्डसँग सँगै हिँड्न सकिन्न, मलाई सहयोग गर्नुस्’



काठमाडौं : कात्तिक ३०, प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अब प्रचण्डसँग सँगै हिँड्न नसकिने बताएका छन् । आइतबार बालुवाटारमा महासचिव विष्णु पौडेललाई साक्षी राखेर प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफलमा अबप्रचण्डसँग सिँगै हिड्न नसकिने बरु आफुलाई सहयोग गर्न आग्रह गरेको समाचार बाहिरिएपछि सत्तारुढ नेकपामा खैलाबैला मच्चिएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपहरु झूठा भएको पनि बताए । आफूले त्यस्ता ‘वाहियात एवं झूठा आरोपहरुको जवाफ नदिने प्रधानमन्त्रीको अडान छ । छलफलका क्रममा प्रधानमन्त्रीले आफूमाथि यसैगरी आरोप लगाउने हो भने आफू पनि अर्को ‘एक्स्ट्रिम’मा जान सक्ने चेतावनीसमेत दिए । बैठकमै बसेर आरोपहरुको खण्डन गर्न सकिने वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । तर, प्रधानमन्त्रीले त्यस्ता ‘वाहियात आरोप’को आफूले जवाफ नदिने बताएको स्रोतको दाबी छ ।

वरिष्ठ नेता नेपाल र महासचिव पौडेलसँग भएको दुईघण्टा लामो कुराकानी भएको थियो । वरिष्ठ नेता नेपालले त्यसरी अर्को छोरमा पुगेर सोच्दा समस्या समाधान नहुने भन्दै संयमित भएर समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । आइतबार माधव नेपाल र विष्णु पौडेलसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीले बालुवाटारमै उपाध्यक्ष वामदेव गौतमसँग करिब डेढ घण्टा छलफल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !