दार्चुला- श्वास प्रश्वासमा समस्या आएर उपचारको लागि धनगढी लगिदै गर्दा विद्युत कार्यालयमा कार्यरत कर्मचारीको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका कर्मचारी दार्चुला जिल्ला दुहु गाउँपालिका- २ हिकिला निवासी पदम सिंह बडालको शनिवार राती धनगढी लैजादै गर्दा बैतडीको सतबाँजमा मृत्यु भएको हो ।
शनिवार श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई महाकाली नगरपालिकाको एम्बुलेन्सबाट धनगढी लगिएको भएपनि बाटैमा मृृत्यु भएको महाकाली नगरपालिकाले जनाएको छ। त्यसपछि उनको स्वाव संकलन गरि पीसीआर परीक्षणका लागि बैतडी प्रयोगशालामा लगेर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल दार्चुलाका अनुसार उनको शरिरमा चाहिने भन्दा एकदम कम मात्रामा अक्सिजन रहेको थियो ।