१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

लेखा परीक्षणतर्फको उपसचिवमा ६ जना पास : यस्तो छ, नामावली



काठमाडौं मंसिर १, लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले कात्तिक ३० उपसचिवको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले २०७६ पुस १९ र २६ गते लिएको राजपत्रांकित द्वितीय श्रेणी लेखापरीक्षणतर्फको (उपसचिव) को लिखित परीक्षामा ६ जना उत्तिर्ण भएका छन् । लोक सेवा आयोगले ३ सिटकालागि विज्ञापन आह्वान गरेकोमा परिक्षामा जम्मा ६९ जना सहभागी मध्ये ६ जना अन्रवार्ताका लागि छनौट भएका हुन् । परीक्षाको नतिजा चैत वैशाखसम्म आइसक्नु पर्नेमा विश्वव्यापीरुपमा फैलिएको कोरोनाका कारण नतिजा प्रकाशनमा बिलम्ब भएको थियो । लोकसेवा आयोगले कात्तिक ३० गते प्रशासन, लेखापरीक्षण, कानुन र प्राविधिक समुहको पनि नजिता प्रकाशित गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: