Sunday, October 6, 2024

ट्रेन्डिङ :

कर्णालीमा भारी हिमपात, हुम्लाको तापक्रम माइनस ८ डिग्री पुग्यो

काठमाडौं : मंसिर १, कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाका अधिकाँश भूभागमा भारी हिमपात भएको छ । हिमाली जिल्लाहरू जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगुमा गएरातिबाट भारी हिमपात भएको हो । समयमै हिमपात भएपछि स्थानीय कृषकहरू भने अन्नबाली सफ्रिने भएकाले खुसी भएका छन् । उता बालकालिका तथा बृद्धरबृद्धाहरुमा भने मंसिरको पहिलो दिनबाटै हिउँ पर्दा यो बर्ष निकै जाडो हुने भन्दै चिन्ता बढेको छ । बाक्लो हिउँकै कारण नेपालीहरुको दास्रो ठूलो चाड मनाउन समस्या परेको स्थानीको भनाइ छ । गएराति हिउँ परेकाले सिन्जाका फाँटहरु पूरै सेताम्य भएका छन् ।

हुम्लाको तापक्रम अहिले माइनस आठ डीग्रीमा पुगेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्राय बस्तिहरुमा पनि बाक्लो हिउँ जमेको छ। त्यस्तै सदरमुकाम सिमकोटमा पनि बाक्लो हिउँ परेको छ । हिमपातका कारण सिमकोट लगायतका हिमाली जिल्लामा रहेको हवाई सेवा बन्द भएको विमानस्थल श्रोतले बताएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानीयले बताएका छन् । उच्च हिमालि भेग तिर एक फिट भन्दा बाक्लो हिउँ परेको छ । त्यस्तै सिंन्जा उपत्यकासम्म पनि निकै बाक्लो हिँउ परेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?