Monday, October 7, 2024

ट्रेन्डिङ :

कोरोनाको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको मोर्दनाको दाबी

काठमाडौं : मंसिर १, अमेरिकी औषधि कम्पनी मोदेर्नाले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत देखिएको दाबी गरेको छ। अमेरिकामा भएको परीक्षणमा खोपको प्रभावकारिता ९५ प्रतिशतको हाराहारी देखिएको मोदेर्नाले जनाएको हो । यसअघि रुसको स्तानुभिक फाईभको ९२ प्रतिशत र फाइजरले बनाएको खोपको प्रभावकारिता ९० प्रतिशत देखिएको बताईएको थियो ।

मोदेर्नाको खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएसँगै कोरोना भाइरस महामारीको प्रभावकारी नियन्त्रणहुने आशा गरिएको छ । मोदेर्नाले मोदेर्नाले खोप प्रभावकारी देखिनु अति उत्कृष्ट रहेको बताउँदै प्रयोगका लागि अनुमति प्राप्त गर्ने प्रक्रिया आउँदो केही हप्ता मै थाल्ने उल्लेख गरेको छ। तेस्रो चरणको मानवीय परीक्षणको प्रारम्भिक नतिजा मात्रै भएकाले अझै थप स्पष्ट हुन भने बाँकी रहेको छ। अमेरिकामा परिक्षणमा सहभागी भएका ३० हजार मानिसमध्ये आधालाई खोपका दुई डोज चार हप्ताको फरकमा दिइएको थियो । बाँकी आधालाई डमी खोप दिइएको थियो।

९५ जनाको नतिजाको विश्लेषण गरिएको हो । कोरोना भाइरसको संक्रमण देखिएका मध्ये मात्रै पाँचजना खोप दिइएका रहेको र अरु ९० जना डमी खोप दिइएका मानिस रहेको मोदेर्नाले जनाएको छ। यसरी हेर्दा खोपले ९४.५ प्रतिशत मानिसलाई संक्रमणबाट रोकेको छ । नतिजा अति उत्साहजनक र आशादायी रहेको मोदेर्नाका चिफ मेडिकल अफिसरले बताएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?