११ चैत्र २०७९, शनिबार
 |   Sat Mar 25 2023
Logo

कपनमा घरमा आगलागी हुँदा एकको मृत्यु



सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

काठमाडौँ – काठमाडौँको कपन बालुवाखानी चोकस्थित स्थानीय नारायणबहादुर बस्नेतको घरमा आगलागी हुँदा एकजनाको मृत्यु हुनुको साथै अरु दुईजना घाइते भएको प्रहरीले जनाएको छ । बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–५ का कृष्णबहादुर तामाङको कोठामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएका छ ।

३९ वर्षे कृष्णबहादुरलाई तिहारको टीका लगाउनका लागि नुवाकोटबाट आएकी उनकी बहिनी ३५ वर्षे विपना तामाङ्ग र उनका छोरा ११ महिने दावा जलेर घाइते भएका हुन् । उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । विपनाको शरीरको ३० प्रतिशत तथा दावाको १२ प्रतिशत भाग जलेको डाक्टरले जानकारी दिएका छन् । विद्युत सर्ट भएर आगलागी भएको बताइए पनि यकिन कारण नखुलेको प्रहरीले जनाएको छ ।

राति पौने १ बजेतिर आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा दुई बजे तिर आगो नियन्त्रणमा लिइएको थियो ।


प्रतिक्रिया दिनुहोस !