१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

अमेरिका र साझेदारहरु मिलेर चिनियाँ प्रभावको काउन्टर गरौँ : बिडेन



एजेन्सी : मंसिर २, अमेरिकी राष्ट्रपतिमा चुनिएका जो बिडेनले सोमबार अमेरिकाले चीनको बढ्दो प्रभावको प्रतिरोध गर्न विश्वव्यापी व्यापार नियमहरू तय गर्न सहयोगीहरूसँग वार्ता गर्नुपर्ने बताएका छन् । उनले आइतबार विलमिंग्टन, डेलावेयरमा पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको उत्तर दिँदै चीनको नेतृत्वमा बनेको एशियाली व्यापार सम्झौतामा भाग नलिने बरु त्यसको काउन्टर गर्नु पर्ने बताए । संयुक्त राज्य अमेरिका एसियामा केन्द्रित १५ देशीय क्षेत्रीय बृहत्तर आर्थिक साझेदारी (आरसीईपी) सम्झौतामा सामेल नहुने बिइडेनले स्पष्ट पारे ।

हनोईमा क्षेत्रीय शिखर सम्मेलनमा आरसीईपीको हस्ताक्षरले विश्वको सबैभन्दा ठूलो व्यापार सम्झौता गरेको थियो । विश्वव्यापी अर्थतन्त्रको ३० प्रतिशत र यसको जनसंख्याको एक तिहाइ भागलाई समेटेको छ । साथै आसियान, चीन, जापान र दक्षिण कोरियालाई पहिलो पटक एउटै सम्झौतामा सहभागी भएपछि बिडेनलले चिनियाँ प्रभावलाई काउन्टर गर्नु पर्ने बताएका हुन् । बिडेनको अभिव्यक्तिले उनी आफ्नो कार्यकालमा चीन बिरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेत गरेको ठानिएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: