काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा १४४२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२५९ पुगेको छ।