
काठमाडौं : मंसिर ३, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् । भट्टराईले सामाजिक सञ्जाल मार्फत् सरकारको असफलता र भ्रष्टाचारबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रै लिखित आरोप लागेकाले ओलीलाई हटाउनैपर्ने उल्लेख तर्क गरेका छन् ।
उनले सत्तारुढ नेकपाको झगडामा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले हस्तक्षेप गर्न नमिल्ने पनि उल्लेख गरेका छन् । प्रतिपक्षी दल र जनताले उठाउनैपर्ने विषय भन्दै समाजिक संजालमा लेखेका छन्, १) राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन, २) ओली सरकारको असफलता÷भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।’